You are here

Media Coverage

तिलोत्तमा नगरपालिकाले बनायो १२ कानून

Submitted on: Tue, 02/20/2018 - 16:42

 प्रदेश ५ मै पहिलो पटक स्थानीय सरकारले निर्माण गरेका १२ कानूनहरु कार्यान्वयनमा आउने भएका छन् ।रुपन्देहीकोे तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको हो ।

नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आइतबार राजपत्रमा प्रकाशित गरिएपछि कार्यान्वयनमा प्रबेश गरेको छ ।

हिजोसम्मकी सामाजिक परिचालक, आजदेखि उपमेयर

Submitted on: Thu, 05/25/2017 - 11:54

चितवनको माडी नगरपालिकामा माओवादी, कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा थियो । कांग्रेसका उम्मेदवारलाई ४४ मतले पछि पार्दै माओवादीका ठाकुरप्रसाद ढकाल मेयरमा बिजयी भएका थिए । उनीसँगै उपमेयरमा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छिन् । उनले ४६९० मत ल्याइन्, जुन निर्वाचित मेयरका उम्मेदवार भन्दा धेरै लोकप्रिय मत हो ।

Pages

Subscribe to RSS - Media Coverage